धनगढी, २८ फागुन । सशस्त्र प्रहरीले कैलालीमा वेवारिसे अवस्थाको काठ बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि लठ्ठाँघाटबाट खटिएको टोलीले कैलारी गाउँपालिका–७ बिपदपुरस्थित हुलाकी सडक खण्डमा बेवारिसे अवस्थामा ६ गोलिया काठ बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीकाअनुसार से १ त १७१८ नम्बरको ट्याक्टरमा लोड गरेर राखेको अवस्थामा ६८ दशमलव ०६ क्युफिट काठ बरामद गरिएको हो।
बरामद गरिएको काठ १ लाख रुपैयाँ र ट्याक्टर ५ लाख रुपैयाँ गरेर कुल ६ लाखको हुन आउने सशस्त्र प्रहरीले जनाएको छ।
काठ र ट्याक्टर आवश्यक कारवाहीका लागि सव डिभिजन वन कार्यालय बसन्तामा राखिएको छ।
तपाईको प्रतिक्रिया