काठमाडौ, १ चैत । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट हुँदा घाइते भएका दिनेश भण्डारीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
आइतबार दिउँसो मालपोत कार्यालयको दोस्रो तलामा बम विष्फोट हुँदा गम्भीर घाइते भएका भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । उनको अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइराखेको छ ।
प्रेसर कुकर बम विष्फोटमा परेर मालपोत कार्यालयका कर्मचारी नायब सुब्बा शिवकुमार यादवसहित ८ जना घाइते भएका छन्।
घटनास्थलमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को पम्पलेट भेटिएको छ। यो समूहले विष्फोटको जिम्मेवारीसमेत लिएको ५ । घटनाको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी डा. तपन दाहालले बताएका छन् ।
तपाईको प्रतिक्रिया