रुपन्देही, २ चैत । जिल्लाको मर्चवारी गाउँपालिका ७ कन्चनापुरबाट कटुवा पेस्तोलसहित ३ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका ९ बेतकुइयाका २४ वर्षिय सुरज हरिजन, सोही ठाउँका २३ वर्षिय तौलन हरिजन र सम्मरीमाई ७ भुन्डिहवाका सहिल मुसलमान रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
UP 55 N 4948 नम्बरको भारतीय मोटरसाइकलमा सवार ३ जनालाई शङ्का लागि चेकजाँच गर्दा उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल फेला परेको हो। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया