काठमाडौं, ३ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सर्वदलीय बैठक बोलाएकी छन्। मंगलबार दिउँसो ४ बजे राष्ट्रपति भवन शितल निवासमा हुने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरु र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ।
बैठकमा समसामयिक राजनीतिबारे राष्ट्रपतिले दलका नेताहरुसँग परामर्श गर्न लागेका उनका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए। नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेको र केपी शर्मा ओली नेतृत्वको सरकारको विस्थापनका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी गठबन्धन बनाउन जुटिरहेका बेला राष्ट्रपतिले दलहरुलाई बोलाउनुलाई महत्त्वका साथ हेरिएको छ।
तपाईको प्रतिक्रिया