काठमाडौं, ४ चैत । मिनीट्रकको ठक्करबाट काठमाडौं‌को मूलपानीमा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका-६, मूलपानीमा बा ५ ख १८२ नम्बरको मिनीट्रकले प्रदेश ३–०२–०१२ प ५८४२ नम्बरको मोटरसाइकललाई मंगलबार बेलुकी ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकलका चालक २७ वर्षीय सुरज कुईंकेलको ज्यान गएको प्रहरीले जानकारी दिएको छ। कुईंकेल चाँगुनारायणमा बसोबास गर्दै आएका थिए‌।

​घाइते भएका कुईंकेललाई उपचारका लागि नेपाल मेडिकल कलेज, अत्तरखेल पुर्‍याइएपनि उपचारकै क्रममा उनको मृत्यु भएको हो।

प्रहरीले मिनीट्रक चालकलाई नियन्त्रणमा लिएरदुर्घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।