सप्तरी, ५ चैत । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका-५ मा आगलागी हुँदा ४ घर जलेर नष्ट भएका छन् ।
आगोले पोलेर एक जना गम्भीर घाइते भएका छन् । सिलिन्डरबाट ग्यास लिक भएर आगलागी हुँदा ७५ लाखभन्दा धेरैको धनमाल जलेर नष्ट भएको वडाअध्यक्ष राजेन्द्र साहले बताए ।
उनकाअनुसार हरिकिशुन खङ्गको घरबाट आगो सुरु भएको हो । आगोमा परेर गम्भीर घाइते भएका हरिकिशुनको उपचारका लागि राजविराजमा रहेको गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल पठाइएको छ ।
तपाईको प्रतिक्रिया