अर्घाखाँची, ८ चैत । अर्घाखाँचीको सन्धिखर्कमा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।
सन्धिखर्क–९ अर्घाको सेक्रटीबाट सदरमुकाम सन्धिखर्क तर्फ आउँदै गरेको लु १ ज ४५३८ नम्बरको डबल क्याप जीप चुत्राबेंसी जनज्योति उच्च मावि नजिकै सडकबाट करिव ३५ मिटर तल भीरमा खसेर अड्किएको छ।
दुर्घटनामा परि अर्घाखाँची सन्धिखर्क- ९ अर्घाका २८ वर्षीय सुरज खनाल, उनकी श्रीमती २३ वर्षीया रिता खनाल, छोरा ४ वर्षीय छोरा सुक्रिम खनाल, सोही ठाउँका ३३ वर्षीय सावित्री खनाल, १८ वर्षीय विजय खत्री, जीप चालक ४२ वर्षीय ठक बहादुर खत्री र ६६ वर्षीया सीता खत्री घाइते भएका छन्। घाइते मध्ये चालक ठक बहादुर खत्री र ६६ बर्षिय सीता खत्री गम्भीर घाइते भएका छन्। उनीहरू सबैको अहिले जिल्ला अस्पताल सन्धिखर्कमा ल्याइएको प्रहरीले जनाएको छ ।
सडकबाट पल्टिएको जीप भिरको रूखमा अड्किएर ठूलो क्षति हुनबाट जोगिएको जिल्ला अस्पताल सन्धिखर्कले जनाएको छ ।
तपाईको प्रतिक्रिया