काभे, ८ चैत । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ नारायणस्थानडाँडामा शौचालय जाने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
गएराति २ः०० बजेतिर शौचालय जाने क्रममा चिप्लेर भिरबाट लडेर धुलिखेल नगरपालिका–४ केयुमा कार्यरत वडा नं ७ बस्ने २६ वर्षीय निरोज रिजालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ।
रिजाल धुलिखेल नगरपालिका–४ केयुको सूचना प्रविधिमा कार्यरत थिए।
शौचालय जाने क्रममा चिप्लेर भिरबाट करिब छरसात सय मिटर तल खसेर अड्केको अवस्थामा प्रहरी र नेपाली सेनाको संयुक्त उद्धार टोलीले शव निकालेको हो।
उनको शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया