डडेल्धुरा, ९ चैत । डडेल्धुरामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन्।
जिल्लाको नवदुर्गा गाउँपालिका–५ ठाँटाका २९ वर्षीय श्याम साउँदले २८ वर्षीय श्रीमती मनिषा साउँदको हत्या गरेको अरोपमा पक्राउ परेका हुन।
उनले डेढ फिटको चिर्पट हिर्काएर मनिषाको हत्या गरेको डडेल्धुराका प्रहरी नायब निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए। शनिबार दिउँसो ३ बजे साउँदले श्रीमतीको हत्या गरेर स्थानीय प्रहरी चौकीमा ७ बजे फोनबाट खबर गरेको उनले बताए।
श्रीमतीको हत्या गरेका साउँदलाई शनिबार राति नै प्रहरीले पक्राउ गरेर जिल्ला सदरमुकाम ल्याएको प्रहरी नायब निरीक्षक चन्दले बताए। उनले श्रीमान् श्रीमतीमा सामान्य घरायसी विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेको प्राराम्भिक अनुसन्धानबाट खुलेको बताए।
‘श्रीमानले खबर गरेपछि प्रहरीको टोली त्यहाँ गएर हेर्दा मनिषाको मृत्यु भइसकेको थियो। पछि प्रहरी समक्ष श्यामले आफैं हत्या गरेको स्वीकार गरेका थिए’ प्रहरी नायब निरीक्षक चन्दले भने।
मृतक मनिषाको शव परीक्षणकाका लागि डडेल्धुरा अस्पताल डडेल्धुरामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









तपाईको प्रतिक्रिया