अछाम, १० चैत । अछाममा चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा एक किशोरीको मृत्यु भएको छ।
मंगलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किँदा मृत्यु भएको हो। उनी स्थानीय कुन्ति माध्यमिक विद्यालय कक्षा ६ मा अध्यनरथ थिइन्।
मोबाइल पड्किँदा गम्भीर घाइते भएकी नाथको जिल्ला अस्पताल अछाममा उपचारका क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया