बैतडी, १३ चैत । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भरत महरा फेरि एक महिलासँग शंकास्पद रुपमा भेटिएका छन्।
गएराति दोगडाकेदार-६ की एक महिलाको घरमा वडाअध्यक्ष महरा रहेको गाउँलेले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। महरालाई गाउँलेले राति नै नियन्त्रणमा लिएको वडा नम्बर ६ का वडा अध्यक्ष लक्ष्मी जोशीले पुष्टि गरेका छन् । उनले भने, ‘अध्यक्षजी राति यता गाउँमा आएका रहेछन्, गाउँलेले उहाँलाई समात्ने बेला हातपात पनि भएको छ।’
महिलाको घरमा रहेको भन्ने थाहा पाएका गाउँलेले वडा अध्यक्ष र ती महिलालाई कुटपिट पनि गरेका प्रहरीले जनाएको छ। कुटपिटबाट दुवैजना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
‘दुवैजना हाम्रो नियन्त्रणमा रहेका छन्, ‘अधिकारीले भने‚ ‘ नेटवर्कको समस्याले फोनमा धेरै कुरा बुझ्न पाइएको छैन्, अहिले जिल्ला ल्याउँदैछौं, थप कुरा पछि थाहा हुन्छ।’
वडाअध्यक्ष महरा यसअघि शंकास्पद रुपमा फेला परेकी महिलासँग नै यसपटक पनि भेट्टिएका हुन्। ती महिला एकल रहेकी बताइएको छ।
तपाईको प्रतिक्रिया