कञ्चनपुर, १४ चैत । कञ्चनपुरमा पिकनिक खान गएका वडाध्यक्षको मृत्यु भएको छ।
जिल्लाको भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदनबहादुर चन्दको शुक्रबार पिकनिक खान गएका बेला मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रबार वेदकोट नगरपालिका–६ मा पर्ने चुरेपानीमा पिकनिक खान गएका बेला घाँटीमा समस्या देखिएपछि अस्पताल पुगाएका वडाध्यक्ष चन्दलाई चिकित्सकले मृत घोषणा गरेको बताए।
मासु खाएका चन्दले घाँटीमा समस्या देखिएपछि तत्कालै महाकाली अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
वडाध्यक्षसँगै पिकनिक खान गएका वडा सचिवसहितका ७ जनालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ।
मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक वडाध्यक्ष नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए।
तपाईको प्रतिक्रिया