जनकपुरधाम, १६ चैत । धनुषाको मिथिला नगरपालिका–७ खप्तरी टोलमा हात्तीको आक्रमणमा परि एकजनाको मृत्यु भएको छ।
आक्रमणबाट खप्तरी टोल बस्ने ८० बर्षीय वृद्ध पदमबहादुर खप्तरी मगरको मृत्यु भएको हो। गएराति करिब ११ बजे तिर घरमा सुतिरहेको मगरलाई अचानक हात्तीले आक्रमण गरेको थियो। रातिको समयमा सुतिरहेको अवस्थामा हात्तीको आक्रमणमा परेका मगरको तत्काल नै घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ। शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर राति नै पठाइएको प्रहरीले जानकारी दिए।
खप्तरी टोलमा पूर्वी दिशाबाट एउटा हात्ती गाउँ पसेपछि सर्वसाधारण भागदौड मच्चिएको थियो । गाउँ पसेका हात्तीले दश घरमा क्षति पुर्याएको छ।
तपाईको प्रतिक्रिया