बझाङ, १६ चैत । आफ्नै विद्यार्थीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा जयपृथ्वी नगरपालिका-६ नौरास्थित भवानी माविका शिक्षक पक्राउ परेका छन्। पीडितले दिएको उजुरीको आधारमा ३१ वर्षीय जगत सिंहलाई आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सोही विद्यालयको कक्षा ९ की १४ वर्षीया विद्यार्थीलाई शिक्षक सिंहले चैत १४ मा एक्लै पानी भर्न धारामा गएका बेला ग्वानी भन्ने ठाउँमा जबरजस्ती करणी गर्न खोजेको पीडित पक्षले उजुरीमा उल्खेख गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए। पक्राउ परेका शिक्षकलाई प्रहरी हिरासतमा अनुसन्धान गरिरहेको डिएसपी खड्काले बताए।
तपाईको प्रतिक्रिया