धनगढी, १७ चैत । कर्णाली नदीमा नुहाउने क्रममा सोमबार एक बालकको मृत्यु भएको छ।
कैलालीको टीकापुर नगरपालिका १ ब्लक न. १४ बस्ने वर्ष १५ वर्षीय आयुष चौधरीको नुहाउने क्रममा डुबेर ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार टीकापुर नगरपालिका वडा नं. ८ वनगाउँस्थित कर्णाली नदीमा नुहाउने क्रममा चौधरीको ज्यान गएको हो।
उनको शव घटना स्थल नजिकै फेला परेको प्रहरीले जनाइएको छ।
तपाईको प्रतिक्रिया