भद्रपुर, २० चैत । भद्रपुर नगरपालिका-४ डाँगीबारीबाट ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन्। उनीहरुलाई बिहीबार राति साढे ८ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका-६ का ४० वर्षीय लोकेन श्रेष्ठ‚ भद्रपुर नगरपालिका-१० का ३६ वर्षीय विनोद राजवंशी र २४ वर्षीय गोविन्द राजवंशी रहेका छन्। उनीहरुको साथबाट ब्राउन सुगर नौ ग्राम ११० मिलिग्राम र डिजिटल तराजुसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पक्राउ परेका उपर थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।









तपाईको प्रतिक्रिया