जनकपुरधाम, २३ चैत । पत्रकार महासंघ धनुषाको नयाँ नेतृत्वका लागि ७ जना उम्मेदवारहरुले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
महासंघको नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता गराउने दिन आईतवार अध्यक्ष पदका लागि ७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
अध्यक्ष पदमा श्रीनारायण साह, अर्जुन क्षेत्री, धर्वेन्द्र झा, नित्यानन्द मण्डल, राजन सिंह, मनिका झा र पुरन साहले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।
नेपाल पत्रकार महासंघको यहि चैत २५ गते पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीको आधारमा निर्वाचन हुन लागेको छ ।
तपाईको प्रतिक्रिया