मकवानपुर, २३ चैत । मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागीमा परी एक वृद्धाको मृत्यु भएको छ। आगलागीमा परी भीमफेदी गाउँपालिका–३ की हस्तमाया सिन्तानको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पारीपाखाको जङ्गलमा लागेको डढेलोबाट स्थानीय एक घरमा आगो लाग्दा ६९ वर्षीया सिन्तानको मृत्यु भएको प्रहरीले जनाएको छ। जंगलमा लागको आगो स्थानीय प्रितिबहादुर सिन्तानको घर र गोठमा पुग्दा हस्तमायाको मृत्यु भएको हो।
साथै आगलागीमा परी उनको गोठमा रहेका १० खसीबाख्रा, अन्नपात र लत्ताकपडासमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ। जलेको शवको मुचुल्का गरी परीक्षणका लागि हेटौँडा अस्पताल पठाइएको बताइएको छ ।
तपाईको प्रतिक्रिया