कञ्चनपुर, २५ चैत । कञ्चनपुरको बेलौरी नगरपालिका–२ बन्दाताल क्षेत्रबाट प्रहरीले मंगलवार ट्रयाक्टरसहित ठूलो परिमाणमा अवैध तरिकाले ल्याइएको काठ बरामद गरेको छ।
से१त ४७०३ नम्बरको ट्रयाक्टरमा ११ गोलिया (१०१ दशमलव ८४ क्यूविक फुट) सालको काँचो काठ लोड गरी लैजाँदै गरेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
ट्रयाक्टर चालक चक्र बहादुर चौधरीलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बरामद काठ ट्रयाक्टर र चालकलाई आवश्यक कारबाहीका लागि सव डिभिजन वन कार्यालय पचगडीयामा बुझाइएको छ।
तपाईको प्रतिक्रिया