TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मुद्दा फिर्ता लिएर प्रधानमन्त्री ओलीबाट गल्ती स्वीकार : उपेन्द्र यादव


मुद्दा फिर्ता लिएर प्रधानमन्त्री ओलीबाट गल्ती स्वीकार : उपेन्द्र यादव
ADVERTISEMENT

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गल्ती स्वीकार गरेको प्रतिक्रिया दिएका छन् ।


बुधबार मन्त्रिपरिषद्ले मुद्दा फिर्ता लिने निर्णय गरेकोप्रति प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री ओलीकै नेतृत्वमा रहेको सरकारले मुद्दा चलाएको र अहिले आएर ओली नेतृत्वकै सरकारले फिर्ता लिएर गल्ती स्वीकार गरेको बताए ।मधेसका माग भने अझै पूरा नभएको यादवको भनाइ छ । उनले भने, ‘अहिले जति पनि मुद्दा फिर्ता गरिएको छ, त्यो प्रशासनिक कार्य हो, गलत मुद्दा लगाइएका कारण ती फिर्ता हुनैपर्ने थियो, तर त्यसलाई मधेसको माग भन्दै प्रधानमन्त्रीले मधेसी जनतालाई भ्रममा पार्ने काम भइरहेको छ ।’

मधेसको माग पूरा भयो कि भएन भन्ने कुरा मधेसी जनताले नै महसुस गर्नुपर्ने उनले बताए । ‘ढाँटेर, छलेर अब काम चल्दैन,’ उनले भने, ‘मधेसको पहिचान, राज्यको पुनः संरचना, समानुपातिक समावेशी, नागरिकताको विषय, संविधान संशोधनलगायतका माग नै मधेसको मुख्य माग हुन् ।’ यी माग पूरा नभएसम्म मधेसको अधिकार स्थापित नहुने अध्यक्ष यादवले बताए । पहिला फसाउने, मुद्दा लगाउने अनि त्यसपछि त्यसैको बार्गेनिङ गर्दै वार्ता गरेर आन्दोलन समाप्त गर्ने शासकहरुको नीति नै रहने उनको भनाइ छ ।

​‘प्रधानमन्त्री ओलीले अहिले मधेससँग त्यही गेम खेल्दैछन्,’ उनले भने, ‘मधेसको मुख्य मुद्दामा उनी प्रवेश नै गर्न चाहेका छैनन् ।’ सरकारले अहिले गरेको निर्णयबारे पार्टीमा कुनै छलफल नभएको उनले बताए । जसपा नेपालका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीसँग वार्ता गर्दै फिर्ता लिनुपर्ने २४ थान मुद्दाको फाइल बुझाएका थिए । त्यसमध्ये १५ थान मुद्दा सरकारले फिर्ता लिएको छ भने अन्य मुद्दा फिर्ताको प्रकृयामा रहेको नेताहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
वीरगञ्जमा थप १६९ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु, १० जनाको अवस्था जटिल

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य