TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

भिडभाड हुने सरकारी कार्यालय बन्द


भिडभाड हुने सरकारी कार्यालय बन्द
ADVERTISEMENT

जिल्ला प्रशासन कार्यालय धनुषाले कोरोना संक्रमित बढन थालेपछि भिडभाड हुने सरकारी कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । कोरोना रोकथाम नियन्त्रणकालागि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकबाट भिडभाड हुने कार्यालय आइतबार देखि बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बन्दु प्रसाद बास्तोलले बताए । अत्याधिक भिडभाड हुने मालपोत र नापी कार्यालय आइतबार देखि र यतायता कार्यालय सोमबार देखि बन्द गर्ने निर्णय भएको बास्तोलाले बताए । भिडभाड हुने बैक तथा वित्तय संस्थाहरुलाई नगद र रेमिन्टान्स बाहेका काम बन्द गर्ने निर्ण भएको उनले बताए । गाउगाउमा संक्रमित बढन थालेपछि संकट व्यवस्थापन समितिको बैठक नगरपालिकालाई तत्काल २० बेड र गाउपालिमा तत्काल १५ बेडको कोभिड स्पताल सञ्चालन गर्न निर्देशन दिएको छ । गत वर्ष खरिद भएको बेड र अन्य उपकरणहरु प्रयोम ल्याउन समेत संकट व्यवस्थापन समितिको बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताए । धनुषाका १० जना कोरो संक्रमित प्रदेशिक अस्पताल जनकपुरको भेन्टिलेटरमा उपचार भइरहेको र अवस्था बिग्रिन नदिन तयारी अवस्तामा अस्पताल राखिएको बास्तोलाले बताए ।


मालपोत र नापी कार्यालय अनिश्चित कालका लागि बन्द
महोत्तरीका भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालय आजदेखि अनिश्चित कालका लागि बन्द गरिएका छन् । कोरोना महामारीको दोस्रो लहरबाट गुज्रिरहेको अवस्थामा महोत्तरीमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको अवस्था मध्यनजर गर्दै बढी सेवाग्राहीको भीडभाड हुने मालपोत र नापी कार्यालय शुक्रवारदेखि अनिश्चितकालका लागि बन्द गरिएको हो । दुवै कार्यालयले सार्वजनिक सूचना प्रकाशन गरेर आइतबारदेखि दुवै कार्यालयमा अदालती तथा आन्तरिक कामकाज मात्रै हुने र त्यसबाहेक सर्वसाधारण सेवाग्राहीको कुनै पनि कामकाज नहुने जानकारी गराएको छ । यी दुवै कार्यालयमा दैनिक पाँच हजार बढी सेवाग्राहीको भीडभाड हुने गरेको र त्यहाँ कोरोना सङ्क्रमण फैलन सक्ने सम्भावना बढी भएकाले कार्यालय आजदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बन्द रहने जनाइएको छ ।

सिरहा जिल्ला प्रशासनमा आलोपालो सेवा
लहान । जिल्ला प्रशासन कार्यालय सिरहाले आलोपालो सेवा सुरु गरेको छ । कोरोना संक्रमण बढ्दै गएका बेला भीडभाड हुन नदिन आलोपालो सेवा सुरु गरेको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए । आईतवार कर्जन्हा र मिर्चैया नगरपालिकाको सबै वडाका सेवाग्राहीलाई सेवा प्रदान गरिनेछ । यस्तै सोमवार कल्याणपुर नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकाको ६ नम्बर वडाबाहेक सबै वडाबासीलाई सेवा दिनेछन् । मंगलबार गोलबजार नगरपालिका, अर्नामा र नरहा गाउँपालिकाका सबै वडाबासीलाई सेवा दिइनेछ । यस्तै बुधबार धनगढीमाई नगरपालिकाको १२, १३, १४ नम्बरबाहेकका वडा, सुखिपुर नगरपालिकाको सबै वडा र बिष्णुपुर गाउँपालिकाका वडाबासीले सेवा पाउनेछन् । बिहीबार औरही, बरियारपट्टी र नवराजपुर गाउँपालिकाको १ नम्बर वडाबाहेक सबै वडाका सेवाग्राहीलाई सेवा दिइनेछ । शुक्रबार भने सिरहा नगरपालिकाका सबै वडाबासीलाई सेवा उपलब्ध गराउने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । आलोपालो सेवाको सूचना अनुसार मात्र सेवाग्राहीलाई पठाउन सम्बन्धित वडाध्यक्षहरुसँग अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
कोरोना अस्पतालमा आगलागी हुँदा १८ जनाको ज्यान गयो

कोरोना अस्पतालमा आगलागी हुँदा १८ जनाको ज्यान गयो

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य