TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

सप्तरीमा आजदेखि जोर–बिजोर प्रणाली लागु


सप्तरीमा आजदेखि जोर–बिजोर प्रणाली लागु
ADVERTISEMENT

कोरोना संक्रमण बढ्दै गएपछि भीडभाड नियन्त्रण गर्न सप्तरीमा सवारी साधन जोर–बिजोर प्रणालीबाट सञ्चालन गर्ने निर्णय गरिएको छ ।


प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा शनिवार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले जोर–बिजोर प्रणाली अनुसार सवारी साधन चलाउने निर्णय गरेको हो । अत्यावश्यक सेवाका तथा निर्माण कार्यमा प्रयोग हुने बाहेकका सवारी जोर–बिजोर प्रणाली लागु हुने प्रजिअ पोखरेलले बताए । उनका अनुसार वैशाख १९ गते आईतवारबाट जोर–बिजोर प्रणाली लागु हुनेछ । जोर मितिमा जोर र बेजोर मितिमा बेजोर नम्वरका गाडी चलाउने निर्णय भएको छ । निर्णय बमोजिम आईतवार बेजोर नम्वरका सवारी साधन मात्र सडकमा गुडाउन पाइनेछ । यस्तै बजारमा खुल्ला रुपमा ठेला तथा गाडीमा विक्री गर्ने खाद्यान्न, लत्ता कपडा र तरकारी विक्री वितरणमा पनि रोक लगाउने निर्णय गरिएको छ । राजविराजबाट कुनौली तथा छिन्नमस्ता भगवती मन्दिर जाने अत्यावश्यक सेवाका सवारी साधन बाहेक अन्य सवारी सञ्चालन गर्न दिइने छैन । यस्तै गजेन्द्र नारायण सिंह अस्पतालमा निर्माणको अन्तिम चरणमा पुगेको आइसोलेशन केन्द्र वैशाख १९ गतेदेखि सञ्चालनमा ल्याउने व्यवस्था मिलाउन मेसुको जिम्मेवारी तोकेको छ ।

साथै साईकृष्ट अस्पतालमा आइसोलेशन सेन्टर तीनदिन भित्र सञ्चालनमा ल्याउने र त्यस सेन्टरको सुरक्षा व्यवस्था साविक बमोजिम नेपाली सेनाले गर्ने निर्णय पनि गरिएको छ । हनुमाननगर कंकालिनी नपास्थित जिल्ला अस्पताल हाताभित्र आइसोलेशन सेन्टर ५ दिनभित्र सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था गरिदिन हनुमाननगर कंकालनी नपा प्रमुखलाई अनुरोध गर्ने निर्णय गरिएको छ । गजेन्द्र नारायण सिंह अस्पतालमा ल्याब तथा अन्य स्वास्थ्य जनशक्ति पदपूर्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई र भारदह अस्पताल हातात्रि आइसोलेशन सेन्टर सञ्चालनको लागि जनशक्ति व्यवस्थापन गरिदिन प्रदेश २ सरकारलाई अनुरोध गर्ने निर्णय पनि भएको छ । अब गजेन्द्र नारायण सिंह अस्पतालमा रहेको पिसिआर ल्याबबाट निःशुल्क स्वाब परीक्षण गर्ने भएको छ । वैशाख १९ गतेबाट ैनिक रुपमा निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाउन मेसुको जिम्मेवार तोकिएको छ । कोभिड १९ को संक्रमणका कारण मृत्यू भएकाहरुको शवको अन्त्येष्टी गर्दा बाहिर जिल्लामा उपचारका क्रममा मृत्यू भएकाको हकमा सप्तकोशी नदीको किनारमा र अन्यको हकमा आ–आफ्नो स्थानीय तहको परम्परादेवी लाशको अन्त्येष्टी गर्ने स्थानमा आफ्नो धार्मिक परम्परा अनुसार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै स्थानीय तहले व्यवस्थापन गरेको आइसोलेशन केन्द्र, एम्बुलेन्स, शव बाहन चालु हालमा राख्न सवै स्थानीय तहलाई अनुरोध गरिएको छ । स्थापना भएका आइशोलेशन केन्द्रमा टेलिमेडिसिन सेवाको व्यवस्थापन मिलाउन गजेन्द्र नारायण सिंह अस्पताललाई दिइएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

वैदेशिक रोजगारीमा मधेश अगाडि, तर रेमिट्यान्समा अपेक्षित लाभ नदेखिएको चिन्ता
Headline

वैदेशिक रोजगारीमा मधेश अगाडि, तर रेमिट्यान्समा अपेक्षित लाभ नदेखिएको चिन्ता

December 18, 2025
जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण
Headline

जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण

October 29, 2025
मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार
Headline

मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार

October 8, 2025
मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट
Headline

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट

October 8, 2025
तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग
Headline

तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग

October 8, 2025
जनकपुरधाममा सस्ता बजार सुरु
अर्थ

जनकपुरधाममा सस्ता बजार सुरु

September 23, 2025
Next Post
मौसम अपडेट देशका धेरै ठाउँमा वर्षा, दिनभर मौसम नखुल्ने

मौसम अपडेट देशका धेरै ठाउँमा वर्षा, दिनभर मौसम नखुल्ने

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य