पर्सा । पर्सामा थप ७ दिन निषेधाज्ञा लम्बिने भएको छ । जिल्ला कोभिड १९ संकट व्यवसथापन केन्द्रको बैठकले थप ७ दिन निषेधाज्ञा थप्न सिफारिस गरेको हो ।
मंगलबार बसेको बैठकले बैशाख ३० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्यउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ । यसअघि बैशाख १६ गतेदेखि २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागु गरेको थियो ।
निषेधाज्ञा एक साता थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए । ‘ यसअघि लगाइएको निषेधाज्ञा भोलिसम्मका लागि कायम छ, डीसीसीएमसीको बैठकले एक साता थप गर्न सिफारिस गरेको छ ।’ उनले भने ‘ त्यसबारेमा भोलि सूचना निकाल्छौं ।’









तपाईको प्रतिक्रिया