काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक शनिबार बस्ने भएको छ ।
नेपाली कांग्रेस संसदीय दलले वैशाख २५ गते दिउँसो २ बजेका लागि बैठक बोलाएको जानकारी गराएको हो। बैठक संघीय संसद् भनव नयाँबानेश्वर स्थित ल्होत्से हलमा बस्नेछ ।
प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रयोजनका लागि मात्र संसद्को विशेष अधिवेशन वैशाख २७ गतेका लागि आह्वान गरेका छन् । सोही बैठक अगाडि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।









तपाईको प्रतिक्रिया