facebook sharing button Share
twitter sharing button Tweet
pinterest sharing button Pin
linkedin sharing button Share
whatsapp sharing button Share

भारतको नागपुरबाट बिरामी बोकेर उड्दाउड्दै पाङ्ग्रा खसेको एक एअर एम्बुलेन्स गएराति मुम्बईमा सकुशल अवतरण भएको छ ।

नागपुरबाट दुई चालक, एक बिरामी र उनका आफन्तसहित उडेको एक बीचक्राप्ट जहाजको उड्नेबित्तिकै पाङ्ग्रा खसेको थियो । पाङ्ग्रा नै नभए पनि पाइलटले कुशलता देखाउँदै राति झण्डै सवा नौ बजेतिर मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराएको जनाएको छ । आकस्मिक अवतरण गरेको जहाजमा आगो नलागोस् भनेर धावनमार्गमा फोम राखिएको थियो । पाइलट र बिरामी सुरक्षित छन् । पाङ्ग्राबिनाको जहाजलाई सकुशल अवतरण गराएको भन्दै नागरिक उड्डयनमन्त्री हरदीप पुरीले पाइलटको प्रशंसा गर्नुभएको छ । यस घटनाका कारण केही घण्टा विमानस्थलको उडान बन्द भएको थियो ।