काठमडौं । अक्सिजन अभावका कारण काठमाडौं उपत्यकामा शुक्रबार दुई जना कोरोना संक्रमितले ज्यान गुमाउनुप¥यो । भक्तपुरको कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको हो ।
अस्पतालमा अक्सिजन सकिएपछि भेन्टिलेटरमा उपचारत एक बिरामीको त्यही मृत्यु भयो भने अर्का एकलाई अर्को अस्पताल लैजाने क्रममा ज्यान गएको छ ।
यो घटनाले काठमाडौं उपत्यकामै कोरोना संक्रमितहरु कति जोखिममा छन् भन्ने देखाउँछ ।









तपाईको प्रतिक्रिया