विराटनगर । कोरोना भाइरसको संक्रमणबाट मोरङका विभिन्न अस्पतालमा ६ जना संक्रमितको मृत्यु भएको छ ।
मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा तीन, विराटनगरको नोबेल शिक्षणमा दुई र न्युरो अस्पतालमा एक संक्रमितले ज्यान गुमाएका हुन् । मृत्यु हुनेमध्ये तीन महिला र तीन पुरुष रहेका छन् ।
मृत्यु हुनेमा विराटनगर महानगरपालिका–११ की ६७ वर्षीया वृद्धा महिला र ४६ वर्षीय पुरुष, विराटनगर–१३ की ७८ वर्षीया वृद्धा महिला, सुनसरीको दुहवी नगरपालिका–११ का ३८ वर्षीय पुरुष, सुनसरी बराहक्षेत्र नगरपालिका–११ की ३५ वर्षीया महिला र सिरहाको भवानीपुर– ४ का ५० वर्षीय पुरुष हरेका विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवले जानकारी दिए ।









तपाईको प्रतिक्रिया