TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

कोरोनाको स्थिति भयावह हुनुमा सरकार जिम्मेवारः सभापति देउवा


कोरोनाको स्थिति भयावह हुनुमा सरकार जिम्मेवारः सभापति देउवा
ADVERTISEMENT

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकार पूर्ण रुपमा असफल भइसकेको दावी गरेका छन् ।


सोमबार प्रतिनिधिसभा बैठकमा देउवाले यस्तो बताएका हुन् । वर्तमान अवस्थाप्रति सरकार गैरजिम्म्वार रुपमा प्रस्तुत भएको भन्दै नेता देउवाले सरकारको कडा आलोचना गरेका थिए ।

’एक वर्षअघि सरकारले आयात गरेको स्वास्थ्य सामग्रीमाथि भ्रषटाचार भयो । अहिले खोपमा भ्रष्टाचार भएको छ । यो भन्दा निर्लज्जता के हुनसक्छ ?’ देउवाले सोधे ’कोरोना संक्रमणबाट आजको यो भयावह अवस्था आउनुमा सरकार जिम्मेवार छ ।’

कोभिड रोकथाममा सरकारको भूमिकाप्रति देउवाले आक्रोश प्रकट गरेका थिए । अस्पतालमा आईसीयू, बेड र भेन्टिलेटरको अभावमा मानिसहरुको मृत्यु भइरहँदा प्रधानमन्त्रीले भने आत्मप्रचार गरिरहनु विडम्वना भएको भन्दै सरकारप्रति देउवाले आक्रोश व्यक्त गरे ।

’कमिसनको कारण खोप आउन नसक्नु सरकारको अमानवीयता र गैरजिम्मेबारी मात्र होइन, अक्षम्य अपराध हो । यो इतिहासले बिर्सिँदैन । आफ्ना गल्ती कमजोरीतर्फ आँखा चिम्लेर आत्मरत्तिमा रमाउनु र आत्म प्रशंसा गर्नु विडम्बना हो’ देउवाले भनेका छन् । प्रधानमन्त्रीले जतिसुकै आत्मप्रचार गरे पनि सरकारको नैतिक चरित्र उदांगो भइसकेको उनको दावी थियो ।

यस्तै संविधानका मूल मर्म भत्काउने र हुकुमी शैलीमा शासन चलाउने चरित्र प्रधानमन्त्रीमा देखा परेको उनले बताए । संसद विघटनको प्रसंग कोट्याउँदै उनले यो सरकार संविधानप्रति प्रतिवद्ध नभएको समेत आरोप लगाए ।

देउवाले सोधेका थिए, ’यो अवस्था आउनुमा को जिम्मेबार ? अरुमाथि दोष थुपारेर प्रधानमन्त्री भाग्न पाउनुहुन्छ यो सरकार पूर्ण असफल भएको छ । दम्भ र कुशासनकै कारण ओली सरकार असफल भएको छ । कोरोना खोपमा भ्रष्टाचार अक्षम्य अपराध हो, इतिहासले बिर्सिँदैन ।’

देउवाले अघि भनेका छन्, ’संसद् पुनस्र्थापनपछि प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपथ्र्यो, त्यो दिनुभएन । राज्य पद्धतिलाई भत्काएर संवैधानिक निकायहरूलाई निरीह बनाउने काम भयो । अध्यादेशमार्फत शासन गर्ने प्रयास भयो । संसदीय पद्धति र मर्यादालाई उपेक्षा गर्ने काम भयो । लोकतान्त्रिक पद्धति र विधिलाई भत्काइयो । संविधानलाई असफल बनाउने र वर्तमान राजनीतिक व्यवस्थालाई बदनाम गर्ने काम भयो ।’

सरकार गठनदेखि नै संविधानको उलंंघन गरेकोप्रति उनले आपत्ति जनाए । सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने संवैधानिक प्रावधान विपरित सरकार अगाडि बढेर संविधानको पालना नगरेको उनले बताए ।

यस्तै प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर त्यसको मर्यादामाथि प्रहार भएको आरोप लगाए । उनले बहुदलीय व्यवस्थामा प्रहारदेखि संसद अपहरण जस्ता काम भएको भन्दै उनले ओलीको आलोचना गरे ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
काठमाडौ उपत्यकामा १५ दिन लम्बियो निषेधाज्ञा

काठमाडौ उपत्यकामा १५ दिन लम्बियो निषेधाज्ञा

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य