TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जनकपुरधामका अस्पतालहरुलाई बेड थप्न अनुरोध


जनकपुरधामका अस्पतालहरुलाई बेड थप्न अनुरोध
ADVERTISEMENT

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा पनि कोरोना संक्रमितको उपचारमा समस्या हुने भएको छ ।


अस्पतालहरुमा बेड अभाव हुन थालेको गुनासोपछि मंगलवार बसेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र धनुषाको बैठकले अस्पतालहरुलाई अविलम्ब बेड थप्न अनुरोध गर्ने निर्णय गरेको हो । डीसीसीएमसी धनुषाले कोभिड–१९ विरामीको उपचारका लागि सरकारी र नीजि सबै अस्पताललाई शैय्या थप्न अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताएका छन् । उनका अनुसार प्रादेशिक अस्पतालमा ७५, जानकी मेडिकल कलेजमा ६० र नीजि अस्पतालहरुमा ४३ बेड तत्कालै थप्न अनुरोध गरिएको छ । प्रादेशिक अस्पतालमा अहिले ४० बेडको कोभिड अस्पताल सञ्चालनमा छ । यस्तै जानकी मेडिकल कलेजमा ६० र निजी अस्पतालहरुमा १७५ बेडमा कोरोना संक्रमितको उपचार भइरहेको छ । अहिले जिल्लामा २७५ बेड कोरोना संक्रमितका लागि छुट्याएको र संक्रमितको संख्या बढ्न थालेपछि बेड अभाव हुने निष्कर्ष डीसीसीएमसीको छ । अस्पतालहरुलाई अक्सिजन र भेन्टिलेटरको अभाव हुन नदिन पनि अनुरोध गरिएको छ । बैठकमा अक्सिजन र भेन्टिलेटरहरुको संख्या समेत थप गरी संचालन गर्न÷गराउन सबै अस्पतालसँग अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले उल्लेख गरेका छन् । यस्तै जनकपुरधाम उपमहानगरपालिकाले गोपाल धर्मशालामा सञ्चालन गरेको आइसोलेशन बेडहरुमा पनि विरामी राख्नुपर्ने डीसीसीएमसीले जनाएको छ ।

उक्त आइसोलेशनमा अक्सिजन सपोर्टसहित मेडिकल टिम तयार गरी सञ्चालन गर्न जनकपुरधाम उपमहानगरसँग अनुरोध गर्ने र नपुग भए दक्ष जनशक्ति तथा अन्य प्राविधिक सहयोग प्रादेशिक अस्पताल धनुषाले दिने निर्णय पनि गरिएको छ । यस्तै बजारमा अक्सिमिटर, ग्लोब्स, मास्क र केहि महत्वपूर्ण औषधीहरुको अभाव भएको गुनासो आउन थालेको विषयमा पनि डीसीसीएमसीको बैठकमा छलफल भएको छ । जनकपुरमा अक्सिमिटरको कालोबजारी गर्ने एकजना पक्राउ परिसकेका छन् । अन्य औषधी व्यवसायीले पनि महत्वपूर्ण औषधी तथा अन्य स्वास्थ्य सामग्रीको कालोबजारी गरिरहेको छ । डीसीसीएमसीको बैठकले अत्यावश्यक वस्तु तथा सेवाहरुको आपूर्ति व्यवस्था सहज बनाई बजारमा अभाव तथा कालोबजारी हुन नदिन जनकपुरधाम उद्योग बाणिज्य संघलाई जिम्मेवारी तोकेको छ । तर कालोबजारी गर्ने व्यापारीलाई संघका पदाधिकारीले कसरी कारबाही गर्ने भन्ने प्रश्न खडा भएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
कोरोनाले जनकपुर–जयनगर रेल संचालन लम्बियो

कोरोनाले जनकपुर–जयनगर रेल संचालन लम्बियो

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य