काठमाडौं । चिनियाँ कम्पनी सिनोभ्याक बायोटेक लिमिटेडले विकास गरेको कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप अहिले इन्डोनेशियाका स्वास्थ्यकर्मीहरूले लगाइरहेका छन् ।
उनीहरूमा केही विवादसमेत देखिए पनि चिनियाँ खोपबारे क्लिनिकल परीक्षणको तुलनामा निकै राम्रो नतिजा देखिएको छ । यसले चिनियाँ खोपको पर्खाइमा रहेका मुलुकका नागरिक उत्साहित बनेका छन् । चिनियाँ खोप क्लिनिकल परीक्षणको क्रममा पश्चिम मुलुकको कोरोना खोपभन्दा निकै कम प्रभावकारी देखिएको थियो ।
इन्डोनेशियाको राजधानी शहर जकार्तामा गत जनवरीदेखि मार्चसम्मको अवधिमा एक लाख २८ हजारभन्दा धेरै चिनियाँ खोप लगाएका मानिसमा नियमित अध्ययन गरिएको थियो । सो अध्ययनका क्रममा सिनोभ्याक खोपको दोस्रो डोज लगाएको ७ दिनपछि खोपले ९८ प्रतिशतलाई कोरोना संक्रमण र ९६ प्रतिशतलाई अस्पतालमा भर्ना हुनबाट बचाउने गरेको पाइएको थियो । बुधबार इन्डोनेशियाको स्वास्थ्य मन्त्रालयका अधिकारी पन्ड्जी देवान्त्राले यो अध्ययनमा चिनियाँ खोप निकै प्रभावकारी पाइएको बताए ।









तपाईको प्रतिक्रिया