TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

सशस्त्र प्रहरीकाे चार हजार दरबन्दी थप्ने गृहमन्त्रालयकाे तयारी


सशस्त्र प्रहरीकाे चार हजार दरबन्दी थप्ने गृहमन्त्रालयकाे तयारी
ADVERTISEMENT

सीमा सुरक्षामा केन्द्रित गर्ने गरी सरकारले सशस्त्र प्रहरी बलको दरबन्दी थप्ने तयारी थालेको छ । करिब चार हजार दरबन्दी थप्ने गृह मन्त्रालयले गृहकार्य थालेको हो ।


आगामी आर्थिक वर्षमा भारत र चीनसँगको सीमामा एक सय २० वटा बोर्डर आउट पोस्ट (बिओपी) थप गर्ने कार्यक्रम बजेट वक्तव्यमा आएसँगै जनशक्ति पनि थप्न लागिएको हो । सीमा सुरक्षामा सशस्त्र प्रहरी बल खटाइँदै आएको छ । बिओपी थप्ने योजनाअन्तर्गत सशस्त्र प्रहरीको दरबन्दी पनि बढाइने गृह मन्त्रालयका प्रवक्ता रहेका सहसचिव जनकराज दाहालले जानकारी दिए ।

सशस्त्र प्रहरीले एक वर्षअगाडि करिब १० हजार जनशक्ति थप्ने प्रस्ताव गरिसकेको छ । तर, कोभिड–१९ को महामारीले अर्थतन्त्रमा पारेको असरका कारण त्यससम्बन्धी प्रस्तावले मूर्तरूप पाउन सकेन । त्यो अवस्थामा सशस्त्र केही कार्यालय खारेज गरेर तथा केहीबाट जनशक्ति घटाएर सीमामा जनशक्ति थप्दै आइएको छ । अब अन्यत्रबाट तान्न सक्ने अवस्था नभएकाले जनशक्ति नै थप्नुपर्ने अवस्था छ । ‘गत वर्ष हामीले राजस्व, भन्सारजस्ता केही गुल्महरू खारेज गर्‍यौँ,’ सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी राजु अर्याल भन्छन्, ‘यो वर्ष त्यो अवस्था छैन, नयाँ दरबन्दी नै थप हुनुपर्छ । दरबन्दी नथपी नयाँ बिओपी स्थापना गर्न गाह्रो छ ।’

इन्स्पेक्टरको कमान्डमा हुने एउटा बिओपीमा ३५ जनाको दरबन्दी हुन्छ । तर, धेरैजसो बिओपीमा ३० भन्दा थोरै प्रहरी कार्यरत छन् । पर्याप्त जनशक्ति नहुँदा अहिले नै बिओपीमा समस्या छ । एक सय २० बिओपीका लागि चार हजार दुई सय दरबन्दी आवश्यक हुन्छ । करिब चार हजार दरबन्दी थपिने सम्भावना रहेको गृहका एक अधिकारी बताउँछन् । ‘एक सय २० बिओपी थपियो भने सीमा सुरक्षा धेरै नै मजबुत हुन्छ,’ डिआइजी अर्याल भन्छन्, ‘यसले सीमापार अपराध पनि धेरै नियन्त्रण हुन्छ ।’

दार्चुलाको कालापानी क्षेत्रमा भारतसँग सीमा विवाद बढेपछि सरकारले बिओपी थप्न सक्रियता देखाएको हो । त्यसयता नै सशस्त्रमा दरबन्दी थपका लागि समेत छलफल सुरु भएको हो । हाल सशस्त्र प्रहरीको दरबन्दी ३७ हजार एक सय ३७ छ । थोरै जनशक्ति भएको सशस्त्र प्रहरीको ७७ जिल्लामै गण तथा गुल्म छन् । भिआइपी सेक्युरिटीदेखि उसलाई विपद् व्यवस्थापन तथा सीमा सुरक्षासम्मको जिम्मेवारी दिइएको छ । भारतको सशस्त्र सीमा बल (एसएसबी)जस्तै नेपालमा पनि सशस्त्र प्रहरी बललाई सीमा सुरक्षाको विशेष फोर्स बनाउनेबारे समेत बहस थालिएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
अस्पतालको बेडबाट लडेर सिरहाकी कोरोना संक्रमित महिलाको मृत्यु

अस्पतालको बेडबाट लडेर सिरहाकी कोरोना संक्रमित महिलाको मृत्यु

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य