TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

प्रदेश नं. २ का प्रदेश प्रमुख झाले मुख्यमन्त्रीलाई पठाए स्मरणपत्र


प्रदेश नं. २ का प्रदेश प्रमुख झाले मुख्यमन्त्रीलाई पठाए स्मरणपत्र
ADVERTISEMENT

जनकपुरधाम । प्रदेश २ का प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ ले मन्त्रिपरिषद समावेशी र समानुपातिक सिद्धात अनुसार नभएको भन्दै मुख्यमन्त्रीसमक्ष असन्तुष्टि जनाएका छन् ।


उनले जेठ २८ गते मुख्यमन्त्री लालबाबु राउतलाई पत्र लेखी संविधानले परिकल्पना गरेको समानुपातिक समावेशीको व्यवस्था अनुसार नै मन्त्रिपरिषद गठन गर्नुपर्ने भन्दै केही दिनअघि गरिएको मन्त्रिपरिषद विस्तारमा आफ्नो असन्तुष्टि रहेको जनाएका छन् ।

‘प्रदेश मन्त्रिपरिषदको गठन माननीय मुख्यमन्त्रीज्यूको सिफारिस बमोजिम नै हुने भए पनि प्रदेश प्रमुखको हैसियतमा मैले गर्ने भएकाले मन्त्रिपरिषदको स्वरुप संविधान बमोजिम भए नभएको भन्ने सवालमा मेरो चासो र सरोकार स्वाभाविक र जायज भएकोले यो स्मरणपत्र लेखिएको हो’ उनले भनेका छन् ।

प्रदेश प्रमुख झाले मन्त्रिपरिषदमा गैरमधेसी, मुस्लिम, दलित र महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व नभएको उल्लेख गरेका छन् । ‘प्रदेशभित्रको जनघनत्व, सामुदायिक उपस्थितिलाई सरकारभित्र प्रतिनिधित्व गराउनु प्रदेश सरकारको जिम्मेवारी र दायित्व हुने भन्दै उनले भनेका छन्, ‘प्रदेशभित्रका महिला, दलित, आदिवासी, गैरमधेसी लगायतका पक्षलाई समानुपातिक समावेशी उपस्थितितर्फ विशेष पहल गर्न स्मरण गराइन्छ ।’

त्यस्तै मधेस आन्दोलनको शहीद परिवारको प्रतिनिधित्व पनि हुन नसकेको पनि उनले पत्रमा उल्लेख गरेका छन् । ‘मन्त्रिपरिषदको गठन राजनीतिक समीकरणको जोडघटाउमा मात्र आधारित नभई शहीदहरुको बलिदानी र त्यागले स्थापित समावेशिता र समानुपातिकताको सिद्धान्तमा आधारित हुनुपर्छ भन्ने सबै प्रदेशबासीको विश्वास हो भन्ने कुरामा कुनै दुईमत हुन सक्दैन’ प्रदेश प्रमुख झाले पत्रमा भनेका छन् ।

उनले संविधानको धारा ४२ मा सामाजिक न्यायको हक रहेको स्मरण गराउँदै संविधानले गरेको समानुपातिक समावेशी व्यवस्था राज्यका हरेक निकाय र प्रक्रियामा अनिवार्य रुपमा अवलम्वन गर्नुपर्ने पत्रमा लेखेका छन् ।

त्यस्तै प्रदेशसभा गठन गर्दा समावेशी बनाइएजस्तै प्रदेशसभा सदस्यबाट मन्त्री चयन गर्दा पनि समावेशी बनाउनुपर्ने उनले उल्लेख गरेका छन् । ‘‘ प्रदेशसभा समानुपातिक समावेशी रहेकामा उक्त सभाका सदस्यहरुबाट मन्त्रिपरिषदको सदस्य नियुक्त गर्दा उक्त समानुपातिक समावेशी स्वरुप प्रतिविम्वित हुनुपर्छ भन्ने तथ्य निर्विवाद रुपमा स्थापित छ ।’

प्रदेश प्रमुख झाले जनताको त्याग, संघीयतामाथिको आस्था र संविधानमाथिको विश्वासलाई थप प्रगाढ गर्न र हालको व्यवस्थालाई थप बलियो बनाउन प्रदेश सरकारले संविधानको मूल भावनाको अनुकुल व्यवहार गर्न आफूले स्मरण पत्र लेखेको पनि दावी गरेका छन् ।

जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका मुख्यमन्त्री लालबाबु राउतले हालै जसपाकै महन्थ ठाकुर पक्षका मन्त्रीलाई सरकारबाट हटाई नेपाली कांग्रेसबाट ३ जनालाई मन्त्री नियुक्त गरेका थिए । हाल ९ सदस्यीय मन्त्रिपरिषदमा हाल आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादव मात्र महिला छिन् ।

यस्तो छ प्रदेश २ को मन्त्रिपरिषद

१. लालबाबु राउत, मुख्यमन्त्री

मन्त्रीहरु

२. रामसरोज यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
३. ओमप्रकाश शर्मा, ऊर्जा तथा खानेपानी मन्त्रालय
४. वीरेन्द्र सिंह, महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय
५. विजय यादव, आर्थिक मामिला तथा योजना मन्त्रालय
६. ज्ञानेन्द्रकुमार यादव, आन्तरिक मामिला तथा कानुन मन्त्रालय
७. शैलेन्द्रप्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
८. नवलकिशोर साह, सामाजिक विकास मन्त्रालय
९. रामनरेश राय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

राज्यमन्त्रीहरु

१०. उषा यादव, आर्थिक मामिला तथा योजना मन्त्रालय
११. सरोज सिंह, आन्तरिक मामिला तथा कानुन मन्त्रालय
१२. योगेन्द्र राय यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

प्रदेश प्रमुखको पत्र हेर्नुहोस्

 

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
निषेधाज्ञा जारी भएका विभिन्न जिल्लामा आजदेखि थप कडाइ

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य