गोरखा, १ असार । गोरखामा ठोट्नेरी खोलाले बगाउँदा एक पुरुष बेपत्ता भएका छन्। मंगलबार बिहान आरुघाट गाउँपालिका–२ कटुञ्जे जाने क्रममा बर्दियाका ३८ बर्षीय गोविन्द चौधरीलाई खोलाले बगाएको हो।
‘तीन जना साथीसहित ट्रक मर्मत गर्न जाने क्रममा चौधरीलाई बिहान करिब साढे ७ बजे बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
स्थानीयबासी, चौधरीका साथीहरु र प्रहरीको संयुक्त टोलीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।।









तपाईको प्रतिक्रिया