वीरगञ्ज, २ असार । वीरगञ्जबाट प्रहरीले ६५ किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका- ६ नयाँबस्ती बस्ने ५१ वर्षीय रामकुमार मोक्तानलाई पक्राउ गरेको हो । सर्च एण्ड रेड कारबाहीको क्रममा मंगलबार साँझ ५ बजे वीरगञ्ज-१८ भवानीपुर सडक छेउबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । सडकछेउ रोकिराखेको बागमती प्रदेश-०१-००६ ख १८२८ नम्बरको ट्रकमा खानतलासी गर्दा ४ वटा प्याकेटमा ६५ किलो गाँजा बरामद भएको हो । पक्राउ परेका मोक्तान उक्त ट्रकका चालक हुन् ।
गाँजासहितको ट्रक नियन्त्रणमा लिई मोक्तानविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पीडित श्रीपतीकी छोरी सुनिता देवीले शनिबार आफ्नो घरबाट शिवनगरस्थित शिव मन्दिर जानेक्रममा बाटोमा सन्दीप र उनका साथमा रहेका केही अन्य व्यक्तिहरूले मिलेर भाटा लाठीले क्रूरतापूर्वक निर्घात किसिमले शरीरको विभिन्न कुटपिट गरेका थिए।
निर्घात कुटपिटबाट श्रीपतीको टाउको, हात, कानलगायत शरीरका सबै भागहरूमा चोटपटक लागेको छ। उनको टाउकोमा ८–१० ठाउँमा फुटेको, शरीरको जताततै घाउ छ
कुटाइबाट उनका दुवै आँखा सुन्निएर बन्द भएका छन्। उनी अहिले पनि अर्धचेत अवस्थामा छिन्। प्रहरीले घटनास्थलबाट उनलाई कुटपिट गर्नको लागि प्रयोग गरिएको भाँचेको भाँटाहरूको मुट्ठा नै बरामद गरेको छ। जथाभावी किसिमले कुटपिट गर्दा घाइते भई बेहोस भएर ढलेपछि मर्यो भनेर सो समूहले उनलाई त्यहीँ छोडेर फरार भए।
स्थानीयले देखेर उद्धार गरी चन्द्रपुर ४ स्थित सिभिल अस्पतालमा उपचारार्थ भर्ना गराएका थिए। उपचारको क्रममा उनको टाउकोलगायत शरीरका १० ठाउँमा ३०० टाँका लगाउनु परेको उपचारमा संग्लन अस्पतालका मेडिकल अफिसर डाक्टर हरिशंकर मण्डलले जानकारी दिए।
१० वर्षअघि नै श्रीमानको मृत्यु र छोरालाई सशस्त्र द्धन्द्धको बेला माओवादीले गोली हानी हत्या भएको थियो। जसोतसो जीवनयापन गर्दै आएकी श्रीपती देवीलाई आरोपी महराको परिवारजनले बोक्सी भन्दै मानसिक यातना पहिलेदेखि नै दिँदै आएको छोरी सनिता देवीले बताइन्।
परिवारका सदस्यहरूले दैनिकजसो श्रीपती देवीको घरमा आएर यो बोक्सी हो, यसलाई छाड्नु हुँदैन् भन्ने गरेको सुनिता देविको भनाइ छ।
अहिले सिभिल अस्पतालले सामाजिक दायित्व वहन गर्दै उनको उपचार गरिरहेको छ। अस्पतालमा अझ कति दिन उपचारको लागि बस्नुपर्ने ठेगान छैन।तर आर्थिक अवस्था निकै कमजोर भएकी श्रीपती देवीको उपचारमा आर्थिक समस्या परेको छ।
उनलाई औषधि किनेर खुवाउने पैसासमेत परिवारसँग छैन्। उनको स्वास्थ्य स्थिति अझै खराब भए थप उपचारको लागि बाहिर लानुपर्ने अवस्था रहेको छ। तर, थप उपचारको लागि बाहिर लैजानलाई उनीहरूसँग पैसाको अभाव रहेको उनकी बुहारी अनारकलीले बताइन्।
घटनाको सुचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठको कमाण्डमा गएको टोलीले घटनास्थलको निरीक्षण गरी अनुसन्धान सुरु गरेको छ।
घटनाका मुख्य आरोपी महरासहित घटनामा संलग्नहरू फरार रहेका छन्। प्रहरीले पीडितको जाहेरीको आधारमा महराका बुबा जंगीलाल महरालाई तत्कालै नियन्त्रण लिई सोधपुछ गरिरहेको छ। प्रनाउ श्रेष्ठले फरार रहेका महराको खोजी कार्य भइरहेको बताए।









तपाईको प्रतिक्रिया