TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

महाकालीको बाढीले बस्ती डुबानमा, प्रभावितलाई छाक टार्नै मुस्किल


महाकालीको बाढीले बस्ती डुबानमा, प्रभावितलाई छाक टार्नै मुस्किल
ADVERTISEMENT

कञ्चनपुर, ७ असार । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ का ६८ वर्षीया हेमादेवी केसीले ऐरीघाट नजिक घर बनाएर बसेको चार दशक बितेको छ। यतिका समयसम्म महाकालीको बाढीले बस्ती कहिल्यै डुबानमा परेन। तर, यस वर्ष भने वर्षातको सुरु मै छिमेकीसहित उनको घर डुबानमा परेको छ।


‘योभन्दा पहिले हाम्रो बस्तीमा बाढी आउँदैनथ्यो। चार लेनको सडक बनाउने क्रममा महाकाली नदीमा जथाभावी बाँध बाँधेकाले हाम्रो बिचल्ली भयो,’ उनले भनिन्, ‘तीन दिनदेखि त्रिपालमा बसिरहेका छौं।’

बस्ती पूरै डुवान हुँदा पनि सहयोगका लागि कोही नआएको केसीले दुःखेसो पोखिन्। एरीघाटकै जयसिंह चैसिरलाई पनि कहाँ बस्ने, के खाने भन्ने चिन्ताले सताएको छ।

‘दिनभरि मजदुरी गरेर साँझ–बिहान हातमुख जोर्ने जोहो मिलाएका थियौं। सबै बाढीले बगाएर लग्यो,’ चैसिरले भने, ‘अब के खाने र कहाँ बस्ने भन्ने चिन्ताले सताएको छ।’ चुनावका बेला भोट माग्न सबैजना आउने भए पनि अहिले कसैले पनि वास्ता नगरेको उनको भनाइ रहेको छ।

महाकाली नदीमा बाँधिएको बाँधले भुजेला खोलाको निकास बन्द भएर महाकालीको बाढी गाउँ पसेको हो। ऐरीघाटका २० घरभित्र दुई फिट पानी जमेपछि त्यहाँका बाढीपीडितहरु अर्काको घरमा शरण लिएर बस्दै आएका छन्। कतिपय बाढीपीडित त्रिपालमुनि बस्न बाध्य छन्। जोखिम अवस्थामा रहेका केही परिवारलाई वडा कार्यालय र नजिकको विद्यालयमा राखिएको छ। पानीको सतह घटन थालेपछि केही परिवार घर फर्कन समेत थालेका छन्।

‘घरभित्र बाढी पस्यो खाद्यान्न तथा लत्ताकपडा सबै बगाएर लग्यो। बालबच्चदेखि सपरिवार हिजोदेखि भोकै छौं,’ अर्का बाढीपीडित प्रमोद भट्टले भने, ‘भुजेला खोलाको पानीको निकास नखोजिए यसवर्ष हाम्रो उठिबास हुन्छ।’

असार पहिलो साता नै बाढीले यति दुःख दिएकोमा सबै गाउँले चिन्तित भएका छन्। महाकाली नदीमै बालुवा गिट्टी चालेर जीविका चलाउँदै आएका तौला रानाको समेत बाढीको पानीले घरभित्र राखेको सबै खाद्य बस्तु भिजाएको छ। नदीमा पानी बढेपछि सुत्न नसकेको उनी बताउँछन्।

‘नदीमा यसअघि पनि ठूलठूलो बाढी नआएको हैन। पानी यसरी कहिल्यै पनि बस्तीमा छिरेको थिएन‚’ उनले भने, ‘यो वर्षको सुरुमै पुरै बस्ती डुबानमा प¥यो। पूरै वर्षातको समय बाँकीनै छ। परिवारको सुरक्षा कसरी गर्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ।’
झोपडीमा पुरै पानी पसेकाले त्रिपालमुनि बस्नु परेको उनले बताए। पहाडी क्षेत्रमा वर्षा हुने क्रम रोकिएसँगै महाकाली नदीको बहाव अहिले घट्दो अबस्थामा रहेको छ।

नदीको पानी घटे पनि डुबानमा परेका परिवारको सबै खाद्यान्न भिजेर कामै नलाग्ने अबस्थमा रहेकाले उनीहरुलाई साँझ विहानको छाक टार्नका लागि अप्ठेरो परेको छ। वडा र नगरपालिका कार्यालयबाट कोही पनि राहत लिएर नपुगेको डुवानपीडित परिवारको गुनासो रहेको छ। साभार थाहा खबर

 

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
दाउन्ने भिरबाट बस खस्दा ४ जनाको मृत्यु

टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य