नेपाली कांग्रेसमा महाधिवेशनको चटारो बढेको छ ।
पार्टीको १४ औं महाधिवेशनको मिति तय भएसँगै नेतृत्वमा चटारो बढेको हो । महाधिवेशन केन्द्रित बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्दैछ । सभापति शेरबहादुर देउवाले महाधिवेशन केन्द्रित बैठक आइतबार दिउँसो २ बजेका लागि बोलाउनुभउको हो ।
बैठकमा महाधिवेशनका तयारीबारे छलफल हुनेछ। कांग्रेसमा क्रियाशील सदस्यता सम्बन्धी उजुरी परेको छ । ती उजुरीबारे छानविन भइरहेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।
केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले उजुरीबारे अध्ययन थालेको छ । क्रियाशील सदस्यतामा उजुरी परेकोले के कसरी टुंग्याउने भन्नेबारे सभापति देउवाले छलफल गर्न शीर्ष नेताको बैठक बोलाउनुभएको बताइएको छ ।









तपाईको प्रतिक्रिया