कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको स्वरुप परिवर्तन गर्ने तयारी गरिएको छ ।
यसबारे निर्णय गर्न काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख अधिकारीहरुको बैठक बसिरहेको छ । बैठकमा अहिले भइरहेको निषेधाज्ञालाई जारी राख्ने वा अलि खुकुलो बनाएर जाने भन्ने बारेमा छलफल केन्द्रीत रहेको छ । निषेधाज्ञालाई अलि खुकुलो बनाएर जाँदा सार्वजनिक सवारी साधन गर्नेसम्मको निर्णय हुनसक्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले रातोपाटीलाई जानकारी दिए । कोरोना संक्रमणदर कम भएपछि सरकारले जारी निषेधाज्ञालाई सहज बनाउँदै लगेको छ ।
संक्रमणदर उच्च भएपछि गत बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका ३ जिल्लाबाट निषेधाज्ञा लगाउन सुरु गरिएको थियो ।









तपाईको प्रतिक्रिया