काठमाडौं, १५ असार । नेकपा एमाले स्थायी कमिटी बैठक बोलाइएको छ। आज अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीले अनौपचारिक रुपमा बैठक बोलाएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
‘प्रधानमन्त्री ओलीले भोलि बस्ने एमाले महाधिवेशन आयोजक कमिटीको बैठकका एजेन्डा तय गर्नका लागि अनौपचारिक बोलाउनु भएको हो।’ उनले भने, ‘ बैठकमा भोलि बस्ने एमाले महाधिवेशन आयोजक कमिटीका एजेन्डाबारे छलफल हुनेछ।’
महाधिवेशन आयोजक कमिटीले एमालेलाई औपचारिकरुपमा २०७५ जेठ २ गते लैजाने निर्णय गर्ने तयारी गरेको छ।









तपाईको प्रतिक्रिया