काठमाडौंको महाराजगञ्जस्थित अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालको निर्माणाधीन भवनमा आगलागी हुँदा ४ मजदूर घाइते भएका छन् ।

मंगलबार दिउँसो विद्युत सर्ट भई लागेको आगलागीमा परेर उनीहरु घाइते भएका हुन् । घाइते सबै मजदूरहरुको त्रिवि शिक्षण अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । आगलागी केही समयभित्रै प्रहरी नियन्त्रणमा लिएको थियो ।