महोत्तरीमा बाढीले रातु नदीको तटबन्ध भत्किन थाल्यो, बाढी बस्ती पस्ने सम्भावना
महोत्तरीको बलवा नगरपालिका– १ बंचौरी र तिलगढको बीचमा पर्ने रातो नदीको तटबन्ध भत्किन थालेको छ ।
तटबन्धको अधिकांश भाग पानीको बहाबले टुटिसकेपछि बाढी बस्तीमा पस्ने खतरा बढेको हो । सो तटबन्ध समयमै मर्मत गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले शुक्रबार प्राविधिकहरूसँग सल्लाह गरेका छन् । महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले तत्काल प्लास्टिकको बोरामा माटो हालेर कटान रोक्न प्रयास भएको बताए ।
