काभ्रेको रोशी गाउँपालिका वडा नं. १२ मान्तीमा खसेको पहिरोका कारण वीपी राजमार्ग अवरुद्ध भएको छ ।
लेदो माटो झरेर राजमार्ग अवरुद्ध हुँदा काठमाडौंतर्फबाट पूर्वका जिल्लातर्फ जाने र काठमाडौंतर्फ आउने सवारी साधनहरु बीच बाटोमै रोकिएका छन् । राती देखि निरन्तर पहिरो झरी रहेका कारण पहिरो पन्छाउन समेत समस्या भएको छ । पानी परिरहेको र लेदो माटो झर्ने क्रम जारी रहेकाले पन्छाउन नसकिएको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्रबहादुर खत्रीले जानकारी दिनु भयो । पानी पर्न कम हुनासाथ पहिरो पन्छाउने भनेर स्काभेटर स्ट्याण्डबाई राखेको भए पनि पानी परिरहेका कारण पहिरो पन्छाउन नसकिएको उहाँको भनाइ छ ।
राजमार्ग अवरुद्ध हुदा माथिल्लो सगठरमाथाका तीन जिल्ल सहित उदयपुर, सिन्धुली, रामेछाप, दोलखा र पूर्वी तराईका जिल्लाबाट काठमाण्डौं हिँडेका र काठमाण्डौंबाट ति जिल्लहरुमा हिँडेका यबत्रुहरु बाटो मै अलपत्र अवस्थामा रहेका छन् ।









तपाईको प्रतिक्रिया