TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

एमाले कार्यदलको बैठक आज पनि बस्दै


तयारी नपुगेकाले नेकपा एमालेको सचिवालय बैठक स्थगित
ADVERTISEMENT

नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको बैठक मंगलबार पनि बस्दैछ । दिउँसो १ बजेपछि बस्ने बैठकमा विवाद समाधानका लागि दुबै पक्षबीच गम्भीर छलफल हुने नेताले बताएका छन् । माधव नेपाल पक्षीय कार्यदलका संयोजक भीम रावलले आजदेखि पार्टी मिलाउन घनीभूत ढङ्गले लागिपर्ने प्रतिक्रिया दिए । सोमबारको बैठकमा  अहिलेसम्म भएका अनौपचारिक छलफलबारे  पुनरावलोकन भएको थियो  । साथै,कार्यदलका सदस्यहरूबीच विवाद समाधानका लागि नयाँ शिराबाट अघि बढ्ने सहमति पनि भएको थियो ।


योसँगै अव एमालेका दुई पक्षले भन्दै आएको जेठ २, प्रतिनिधि सभा विघटन, हस्ताक्षर फिर्ता लगायतका विषय नउठाउनेमा नेताहरु सहमति नजिक पुगेका छन् । यसअघि ओली पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै गरेको हस्ताक्षर फिर्तालाई बटम लाइन बनाएको थियो भने माधव नेपाल पक्षले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै गल्ती स्वीकार्नुपर्ने अडान राखेको थियो ।

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा परेको रिट निवेदनमाथिको बहस सोमबारै सकिएकाले पनि यो मुद्दामा नेताहरू अव प्रवेश गर्न नचाहेको बताइएको छ । योसँगै सर्वोच्चको फैसला जे आउँछ त्यो मान्न दुवै पक्ष तयार भएको बुझिएको छ । यसले नेकपा विवाद समाधानको दिशामा अघि बढ्ने एमाले नेता कार्यकर्तामा आशा बढेको छ ।

एक अर्काप्रति आशङ्काको दृष्टिकोणले हेर्दै आएका अध्यक्ष ओली पक्ष र माधव नेपाल पक्षबीच खासगरी आइतबार बेलुका अध्यक्ष केपी शर्मा ओलीसँग नेता भीम रावलबीच भएको छलफलसँगै कार्यदललाई औपचारिक रूपमा ब्यूँताएर छलफल थालिएको हो ।

यसअघि अध्यक्ष ओली र नेता नेपालबीच जेठ २ गतेको वार्तापछि विवाद समाधान गर्न दुवै पक्षबाट पाँच, पाँच जनाको कार्यदल बनाइएको थियो । तर राष्ट्रिय सभाको उपनिर्वाचन र ओली पक्षले माधव पक्षका नेताहरूलाई गरेको कारबाहीपछि कार्यदल निष्क्रिय भएको थियो । पछिल्लो चरणमा एक पक्षले अर्को पक्षमाथि गम्भीर आरोपहरू लगाए पनि दोस्रो तहका नेताहरूले एकता प्रयासलाई निरन्तरता दिँदै आएका थिए ।

कार्यदलमा अध्यक्ष ओली पक्षका संयोजक सुवास नेम्वाङ छन् भने माधव नेपाल पक्षका संयोजक भीम रावल छन् । सदस्यहरूमा ओली पक्षका विष्णु पौडेल, शङ्कर पोखरेल, विष्णु रिमाल र प्रदीप ज्ञवाली छन् भने नेपाल पक्षबाट घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
अबको ३ दिनसम्म देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आजको मौसम पूर्वानुमान : यी स्थानमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य