राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको विशेष समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको हो ।
बैठकमा पार्टीको आगामी महाधिवेशनको तयारीबारे छलफल हुने राप्रपा स्रोतले जनाएको छ । बैठकमा महाधिवेशन उपसमिति गठन र सक्रिय सदस्यता वितरण योजना बनाउने जनाइएको छ ।
बैठकमा समसामयिक राजनीतिबारे पनि छलफल हुने स्रोतको भनाइ छ । राप्रपाले आगामी कातिक २७ देखि ३० गते सम्म पार्टी महाधिवेशन गर्ने घोषणा गरेको छ।









तपाईको प्रतिक्रिया