कञ्चनपुर, २३ असार । भीमदत्त नगरपालिका–१० भुजेलास्थित दर्शन बेकरिज एण्ड सप्लायर्सबाट मिठाईका ३० पेटी चोरी गरेर फरार रहेका दुईजनालाई बझाङको बित्थडचिर गाउँपालिका–२ बाट प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा २० वर्षीय डम्बर खडका र १९ वर्षीय हरिश खड्काले रहेका छन्। उनीहरुले १५ पेटी सोनपापडी र १५ पेट पेडा मिठाई चोरेको आरोप छ। बझाङस्थित घरबाट उनीहरुलाई चोरी गरेको समानसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गत शनिवार मिठाइ चोरी गरेका थिए। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बझाङको समन्वयमा मंगलबार पक्राउ गरिएको हो। उनीहरुलाई कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।









तपाईको प्रतिक्रिया