काठमाडौं, २८ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारबाट अदालतको मानहानी गर्ने काम भएको बताएका छन्।
नेकपा एमाले एकताका १० बुँदे सहमति भएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १४६ (२३).१२३ मात्र। सर्वोच्चद्वारा न परमादेश, न पुनःस्थापना ! मच्चियो मच्चियो जेठो नराम्ररी थच्चियो। भनि टिप्पणी गरेका थिए।
त्यसैको जवाफ दिँदै नेपालले आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै भनेका छन्, ुहिजो राति नेकपा एमालेको आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमनत्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरीत छ।ु नेपालले भनेका छन्। ुयो व्याख्या गलत र अस्वीकार्य छ। अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्नेगरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका नेकपा एमालेका २३ जना सांसदहरु सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पार्दछु।’









तपाईको प्रतिक्रिया