विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन लाग्ने निर्णय गरेको छ ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वरमा बसेको बैठकले सर्वोच्च अदालतको आदेशअनुसार आज नै गठबन्धन सरकार बनाउने निर्णय गरेको छ । संसद पुनस्र्थापना गरेको सर्वोच्च अदालतले आज साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएको छ । बैठकले गठबन्धन सरकारलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराईले जानकारी दिए । मन्त्रिपरिषद्को सिफारिसमा गत जेठ ७ गते मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई बदर गर्दै सोमबार सर्वोच्च अदालतले पुनःस्थापना गरेको छ ।









तपाईको प्रतिक्रिया