TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

आज साउने सङ्क्रान्ति मनाइँदै


ADVERTISEMENT

सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायनका दिनलाई विशेषरुपमा मनाइन्छ ।


अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । एक महीना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आ–आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि अध्यक्ष गौतमले बताए ।

साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ । यस वर्ष कोरोना भाइरसको नयाँ भेरियन्टसहितको सङ्क्रमणका कारण आफन्त कहाँ जान सहज छैन । यसैले धेरैले घरमै परिवारका सदस्यबीच रमाइलो गरी पर्व मनाउँदै छन् । सवारी खुलेकाले जानै परेमा स्वास्थ्य सुरक्षाका विधि अपनाएर भौतिक दूरी कायम गर्दै पर्व मनाउनुपर्नेमा जोड दिइएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
कोरोनाको भारतीय भेरियन्टः डब्ल्यूएचओद्वारा विश्वस्तरमा चेतावनी जारी

विश्वमा कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलन सक्ने डब्ल्यूएचओको चेतावनी

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य