पश्चिमी युरोपमा भीषण बाढीका कारण कम्तीमा १२० जनाको ज्यान गएको छ ।
पछिल्लो केही दशक यताकै भीषण बाढीमा अरु सय भन्दा धेरै बेपत्ता रहेका छन् । बाढीका कारण सबैभन्दा धेरै प्रभावित भएको जर्मनीमा ज्यान गुमाउनेको संख्या १०० भन्दा बढि रहेको छ । चान्सलर एङ्गेला मर्केलले जलवायु परिवर्तनसँगको जुध्नका लागि ठोस कदम चाल्नु पर्ने बताएकी छन् । यस्तै बेल्जियममा बाढीका कारण कम्तीमा २० जनाको ज्यान गएको छ । नेदरल्याण्ड्स, लग्जेम्बर्ग र स्वीट्जरल्याण्डमा पनि बाढीले जनजीवन प्रभावित गरेको छ । बाढी आउनुका विभिन्न कारण रहे पनि जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमले यसलाई गम्भीर र बिनाशकारी बनाएको विज्ञहरु बतायछन् ।









तपाईको प्रतिक्रिया