कञ्चनपुर, २ साउन । बेदकोट नगरपालिका–४ स्थित पर्यटकीय क्षेत्र लिङ्गामा बस्दै आएका करिब ७५ वर्षीय साधु किसन नाथ मृत फेला परेका छन्।
स्थानीयले शनिबार बिहान साधुलाई मृत अवस्थामा फेला पारेका थिए। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
‘मृतकको शरीरको बाह्य क्षेत्रमा कुनै किसिमको चोट पटक नलागेको र ‘हिजो बिरामी भएर उपचारका लागि गएको भन्ने बुझिएको स्थानियलाई उधृत गर्दै प्रहरीले जनाएको छ ।
साधु गिरी लिङ्गा क्षेत्रमा चार वर्षदेखि बस्दै आएको बताइएको छ।









तपाईको प्रतिक्रिया