मुस्ताङ, ३ असार । मुस्ताङको घरपझोङ गाउँपालिका-५ ठिनीखोलामा रहेको काठको पुल भाँचिएर ट्रक खोलामा खस्दा दुई जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।
आइतबार बिहान साढे ८ बजे ग१ख ६८ ५२ नम्बरको ट्रक काठको अस्थायी पुल तर्ने क्रममा अचानक पुल भाँचिएर खोलामा खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा परी ट्रकमा सवार रामेछापको गोकुल गंगा गाउँपालिका-१ बस्ने ३८ वर्षीय चित्रबहादुर श्रेष्ठ र २६ वर्षीया मनिका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको मुस्ताङ प्रहरीले जानकारी दिएको हो।
दुर्घटनामा घाइते भएका अन्य ४ जनाको भने उपचार भइरहेको छ। ट्रक चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।









तपाईको प्रतिक्रिया